ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग


लेखक : admin      ११ असार २०७८, शुक्रबार १५:१३ मा प्रकाशित     
ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

ईश्वरलाल प्रतिष्ठानले काठमाडौं शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् ।

प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण युक्त दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।

Copy link
Powered by Social Snap