बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराद्धारा महिला रेस्लर मुना श्रेष्ठ सम्मानीत


लेखक : admin      ११ चैत्र २०७७, बुधबार १५:२९ मा प्रकाशित     
बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराद्धारा महिला रेस्लर मुना श्रेष्ठ सम्मानीत

नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको फेसियल हाउसले  रेस्लर मुना श्रेष्ठलाई   सम्मान गरेको छ ।

मंगलबार सिटीसी मलमा एक कार्यक्रमकोबीच फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले साम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।

श्रेष्ठले गत फागुननमा काठमाडौंमा आयोजित इन्डिया र नेपालको रेस्लिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो ।

भारतिय खेलाडी लाई हराउँदै रेस्लिङमा  उक्त बेल्ट हात पार्नु भएको थियो । सम्मान कार्यक्रममा सौन्दर्यविज्ञ महराले रेस्लिङले महिलाको आत्म विश्वास बढाउने जानाकारी दिनुभयो ।   आफू  सौन्दर्यसँगै समाज सेवामा लाग्दै गर्दा गुण्डाशैलीमा आफूमाथि भएको सांघातिक हमलाको सम्झना गर्दै आफूपनि कराँते वा अन्य खेलमा संलग्न भएको भए प्रतिकार गर्न सक्ने क्षमता , विश्वास रहन्थो भन्दै कार्यक्रममा भन्नु भयो । तिनै गुण्डाले ५ तोलाको सिक्री लुटपाट गर्दा आफुले प्रतिकार गर्न नसक्दा अहिदे रेस्लिङ, करातेको महत्व बुझेको उहाँको भनाई छ ।

फेसियल हाउसबाट सम्मानित भएपश्चात रेस्लर मुनाले अब देशभर खेलाडी जन्माउने अभियानमा लाग्ने बताउनु भएको छ ।  उहाँले फेसियल हाउसबाट आफुले यस किसिमको सम्मान पाउँदा अझै हौसला जागेको बताउनु भयो ।  फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले सेवासँगै युवाहरुमा सीप हस्तान्तरणलाई पनि जोड दिँदै आउनु भएको छ ।   फेसियल हाउसले अन्तर्राष्ट्रिय स्तरको फेसियल हाउस ब्युटि एकडेमी समेत सञ्चालन गरिसकेको छ । सुन्धारास्थित सिटिसी मलमा सञ्चालित उक्त सम्भवतः नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरका एकेडेमी हो । महराका अनुसार फेसियल हाउस ब्युटि एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारी प्राप्त गरिरहेका छन् ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।

टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

Copy link
Powered by Social Snap