जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने


लेखक : admin      ३ श्रावण २०७८, आईतवार ०६:०५ मा प्रकाशित     
जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने

-डा.डिआर उपाध्याय,

अव राजनीतिक दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताहरु इमान्दार भएनन् भने देश बन्न सक्दैन । सवै भन्दा ठूलो कुरा के हो भने इमान्दारीता हो । हाम्रो देशमा नेताहरु इमानदार र पारदर्शी बन्न सकेका छैनन् । जसले जे सुकै भनोस् अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । अव नेताहरुको आचरण र व्यवहारमा परिवर्तन आउन जरुरी छ ।

जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने यो स्थिती छ । यसरी देशको भबिश्य निर्माण गर्न सकिदैन । अव गम्भिर भएर सवैले सोच्ने बेला आएको छ । जनताको बिश्वास माथि कसैले पनि खेलवाड गर्ने काम गर्नु हुदैन । जनताको विश्वास जित्न इमानदारीता, पारदर्शीता र निष्ठाको राजनीति चाहिन्छ ।

निष्ठाको राजनीतिले नै देशको भाग्य र भबिश्य निर्माण गर्न सक्छ । देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन इमान चाहिन्छ । कुराले मात्र देश बनाउन सकिदैन । राजनीति भनेको समाजसेवा हो । जनताको सेवाका लागी राजनीति गरिन्छ । तर नेपालमा राजनीतिलाई ब्यापार बनाइएको छ । यसरी हुदैन । चित्त दुखेको कुरा यो हो ।

देश बिग्रिएको छ । यो देशलाई बनाउन सवै जुटनु पर्ने आबश्यकता छ । देशको बिकास हुन नसकेको कारण के हो ? यसको खोजी गर्नु पर्ने जरुरी छ । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन । यो सवैले बुझेको कुरा हो । राजनीतिक दल र तिनका नेताहरु सवै भन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देश अघि बढछ । इमानको राजनीति भनेको के हो ? यो बुझन जरुरी छ । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ ।

अझै पनि राजनीतिक दल र तिनका नेताहरु देश प्रति संवेदनशील बन्न सकेनन् । अनि देशले कसरी प्रगति गर्छ ? देश बनाउन निष्ठाको राजनीति चाहिन्छ । खै के कारणले हो, राजनीति दूषित बनेको छ । पछिल्लो समयमा आएर नेताहरु आफनो ब्यक्तिगत स्वार्थको राजनीति गरिरहेका छन । सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् । कसैले राजनीतिलाई आर्जनको पेसा बनाउने गरेका छन ।

त्यस्तो उद्देश्य लिएर राजनीतिमा लागेका व्यक्तिले नै राजनीतिलाई दूषित बनाएका छन । दूषित राजनीतिक प्रवृत्ति पनि दिनानुदिन फैलँदो अवस्थामा छ । पटक पटक सरकार बनाउने र गिराउने खेलले जनता वाक्क दिक्क छन । कतिपय निष्ठावान् व्यक्ति पनि दूषित राजनीतिकै वातावरणको कारण प्रभावित बन्न पुग्छन् । स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भए पनि जनताका लागि भने घातक बन्दै आएको छ ।

लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीति गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै यति बेला राजनीतिक वृत्तमा अगाडि छन । तिनीहरुलाई जनताले चिनेर बसेका छन । तिनीहरुले देश र जनताको पक्षमा केहि सोच्दैनन् । त्यसैले निष्ठावान् नेताहरु यो देशले खोजेको हो ।

Copy link
Powered by Social Snap