फैसलासँगै प्रतिगामी तत्वहरु पराजित


लेखक : admin      १३ फाल्गुन २०७७, बिहीबार ०५:४८ मा प्रकाशित     
फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

-डा.डिआर उपाध्याय,

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । यो नै खुशिको कुरा हो । यो फैसलासँगै प्रतिगामी तत्वहरु पराजित भएका छन् । लोकतन्त्रवादी शक्ति र नेपाली जनताको जित भएको छ । न्यायलयले निष्पक्ष छानबिन गरी जुन यो फैसला गरेको छ यसले न्यायलय माथि विश्वास प्रकट गरेको छ । अलोकतान्त्रिक प्रवृत्तिको पराजय भएको छ । यो फैसलाले गलत बाटोमा गएको संविधानलाई फेरि सही बाटोमा फर्काएको छ ।

यसका लागि सर्वोच्च अदालतलाई सबै जनताले ह्रिदयदेखि नै धन्यवाद दिनु पर्छ । फैसला सँगै जनताले देशका विभिन्न ठाउँमा खुसीयाली मनाइरहेका छन् । अब मुलुकको राजनीति कसरी विकसित हुने हो भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।

सर्वोच्च अदालतले संसद बैठक १३ दिन भित्र बोलाउन सुझाएको छ । त्यसपछि देशको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा प्रष्ट होला । नेपालको न्याय क्षेत्रले धेरै प्रश्नचिन्हको सामना गर्नुपरेको थियो । तर त्यसका बावजुद पनि यो फैसलाले सकारात्मक संदेश दिएको छ । अहिले सर्वोच्चको फैसलाले न्यायालयले संविधान तथा कानुनको अक्षरशः पालना गर्छ भन्ने प्रमाणित गरेको छ ।

यो नै महत्वपूर्ण कुरा हो । यसले नेपालको न्याय क्षेत्रलाई विश्वासनीय तुल्याएको छ । हामी सबैले न्यायमूर्तिहरूको विश्वास गर्नुपर्छ ।अहिलेको आवश्यकता भनेको सबै दलको सहमतिमा सर्वदलीय सरकार गठन गर्नु हो । जसले देशलाई नयाँ दिशा दिन सक्छ । यस फैसलाले नेपालको राजनीतिलाई पनि सुध्रिने सुवर्ण अवसर प्रदान गरेको छ ।

राजनीतिक क्षेत्र नेपालमा बदनामी भैरहेको छ । संविधानको ख्यालै नगरी प्रतिनिधिसभाको विघटन गर्नु यही बदनामी हो । यसमा संलग्न सबै बदनामीको घेरामा परेका छन् । यस्तो हुँदाहुँदै पनि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यस फैसलाले युवा नेतालाई पनि स्थापित हुने अवसर दिएको छ । विघटनको विरुद्धमा विभिन्न युवाले प्रदर्शन गरे ।

त्यसमध्ये रामकुमारी झाँक्री सबैतिर चर्चाको विषय बनिन् । अब नयाँ पुस्ताका युवायुवतीलाइ नेतृत्व हस्तान्तरण गर्नु पर्ने समय आएको छ। अब के हुन्छ भन्नेबारे स्वाभाविक रूपमा जनताले चासो देखाइरहेका छन्। अब त्यही हुनुपर्छ, जो संविधान तथा कानुनमा लेखिएको छ। अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने हल्ला पनि चलिरहेको छ । देउवा फेरि प्रधानमन्त्री हुने कुरा पनि चलेको छ । कांग्रेसले नेकपाका दुई खेमाका सांसद हुँदाहुँदै सरकारको नेतृत्व गर्नु भनेको २०५६ सालमा प्रतिनिधिसभाको पुनस्र्थापनापछि राप्रपाको नेतृत्वमा सरकार बनाएजस्तै हो । त्यसकारण कांग्रेसले सरकारको नेतृत्व गर्नुभन्दा अब बन्ने सरकारलाई सहयोग गर्नु उचित देखिन्छ ।

Copy link
Powered by Social Snap