logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने विश्वास


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ २८ २०८१

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता काठमाडौँ, २८ जेठः भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नयाँदिल्लीमा भेटवार्ता गर्दै । तस्बिर सौजन्य ः प्रधानमन्त्री दाहालको सचिवालय÷रासस

नयाँदिल्ली, जेठ २८ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ दिल्ली र भारतबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

शपथग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताउनुभएको छ । सन्देशमा उहाँले दुई देशबिचको लामो समयदेखिको मित्रता थप सुदृढ हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “श्री नरेन्द्र मोदीजीसँग भेट भएको छ । भारतको प्रधानमन्त्रीका रूपमा लगातार तेस्रो कार्यकालको शपथ लिएपछि उहाँलाई नयाँ कार्यकालका लागि बधाई ज्ञापन गर्दछु ।”

प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “भारत र नेपालबिचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने रणनीतिमा केन्द्रित रहेर छलफल भएको छ । हामीले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्‍यौँ । उहाँकै नेतृत्वमा भारतसँगको हाम्रो बहुआयामिक सम्बन्ध समृद्ध हुनेछ भन्नेमा म विश्वस्त छु ।”

भारतको राष्ट्रपति भवनमा आइतबार भएको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री विशिष्ट अतिथिमध्ये एक हुनुहुन्थ्यो ।

मोदीको शपथ ग्रहण समारोहमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत विदेशी नेता सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend