logo
  • आइतबार, असोज १८ २०८३

कोइराला नेतृत्व नेपाल स्काउटको टोलि जाजरकोटमा भुकम्पबाट ग्रस्त बनाएका घरहरु उत्खनन् गर्दै।।


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक २८ २०८०

नेपाल स्काउट रास्ट्रीय प्रधान कार्यालयले जाजरकोट स्थित भेरी नगरपालिका मा,ललितपुर महानगरपालिका स्काउट सदस्य एब्म बिपद ब्यवस्थापन आकस्मिक उद्दारक श्री पवन कोइरालाको नेतृत्व मा २० सद्स्य नेपाल स्काउट,बिपद ब्यवस्थापन टोलि पठाइएको छ।


उक्त टोलि मिति २०८०/०७/२० गते भुकम्म प्रभाबित क्षेत्रमा गइ भुकम्पबाट ग्रस्त बनेका जाजरकोटबासीलाई सघाएर दुखमा मलम लगाउने प्रयास गरेको छ । आफ्ना घरवास गुमाएका भुकम्प पिडितको घरमा फसेको लत्ता- कपडा ,गरगहना ,पैसा ,रासन,भान्सा का सर-समान् लगायत अन्य दैनिक उपभोग्य वस्तु निकाल्न सहयोग गरेर नेपाल स्काउटले आफ्नो स्वयंसेवकिय भुमिकालाई झन् फराकिलो बनाएको छ ।


जाजरकोटको भेरी नगरपालिकालाई केन्द्र बनाएर, भेरी नगर प्रमुख (मेयर) चन्द्र प्रकाश घर्तिको सहकार्यमा नेपाल स्काउटका विपद व्यवस्थापन टिमका प्रमुख पवन कोइराला नेतृत्वको २० जनाको टोली स्वयंसेवकको भुमिका निर्वाह गरिरहेको नेपाल स्काउट, कर्णाली प्रदेश सम्योजक कमल बोहोराले जनाउनु भयो ।


स्काउटले शिविर खडा गरेर भग्नावसेस हटाउने,अस्थायी वासस्थान निर्माण गर्ने र सक्दो जनतालाई आवस्यक दैनिक उपभोग्य वस्तु वितरण गर्ने काम गरिरका छन। स्काउटको निस्वार्थ सेवा देखेर भुकम्प पिडित समेत दंग छन् । स्मरण रहोस् स्काउट पुर्ण स्वयंसेवी संस्था हो । उक्त टोलिमा सातै प्रदेश बाट स्वयंसेवक उपस्थित रहेका छन।जनतालाई दुख पर्दा स्काउट सधै अग्रभागमा रहेर खटिने र यसमा जनतालाई सेवा दिन पाउँदा सबै स्वयंसेवक खुसी रहेको कोइरालाले बताए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend