logo
  • आइतबार, असोज १८ २०८३

एकदिवसीय विश्वकपः लिगका सबै खेलमा भारत अपराजित, बुधबारदेखि सेमिफाइनल


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक २८ २०८०

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ।

आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ।

लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो।

टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभरमा २५० रन बनाएर अल आउट भएको थियो।

World Cup 2023 semifinals schedule, rain rules, reserve days, super oversWorld Cup 2023 semifinals schedule, rain rules, reserve days, super overs

भारतको जितमा केएल राहुल र श्रीयास ऐयरले शतक प्रहार गरे भने रोहित शर्मा शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाएका थिए। जवाफमा नेदरल्याण्ड्सका तेजा निदामनुरूले ५४ रनको अर्धशतकीय पारी खेले। सिब्राण्ड एंगलब्रेक्टले ४५ रन, कोलिन एकरमनले ३५ रन बनाएका थिए।

नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न भारतका जस्प्रित बुमरा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजा २/२ विकेट लिए। रोहित शर्मा र विराट कोहलीले पनि एक/एक विकेट लिए। यसपालिको विश्वकपमा उच्च लयमा देखिएको भारत लिग चरणका सबै खेलहरूमा अपराजित रह्यो। भारत ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।

भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ खेल जितेको थियो। अष्ट्रेलियाले ७ र  न्युजिल्याण्डले ५ खेल जित्दै नकआउट पुगेका हुन्।

४ खेलमात्रै जितेको पाकिस्तान लिग चरणबाट बाहिरिएको छ। नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ।

May be an image of text that says 'ROAD TO FINAL 2023 INDIA SEMI-FINAL1 WED 15 NOV SOUTH AFRICA NEW ZEALAND SEMI- SEMI-FINAL2 THU NOV A AUSTRALIA FINAL SUN 19 NOV'

बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ।

बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ।

सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ।

फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend