logo
  • आइतबार, असोज १८ २०८३

कैलालीमा बसको ठक्करबाट वृद्धाको मृत्यु


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १९ २०८२

कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।

बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट घटनास्थलमै वृद्धाको ज्यान गएको छ ।

मृतक वृद्धा गोदावरी बस्ने दिलमाया श्रीस रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend