logo
  • आइतबार, असोज १८ २०८३


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक १० २०८२

 सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत छत्रेश्वरी, ६ शिवगुफा नजिकै गएराति करिव १२ बजे गाडी दुर्घटना परेको थियो ।

नेपालगन्जदेखि रुकुमपश्चिम तर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडिमा सवार १२ जना यात्रुमध्ये पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरुमा रुकुम पश्चिमको सानिभेरी गाउँपालिका, ११ बस्ने वर्ष ४० का डिल्ली बहादुर खत्री, ५२ वर्षीय भिमबहादुर डाँगी, सानोभेरी, १ का ४८ वर्षीय वीरबहादुर खड्का, उहाँकी श्रीमती ४८ वर्षीया धनसरी खड्का र सल्यानको दार्मा गाउँपालिका, २ निवासी निमा केसीको दुई वर्षीय छोरा जनक देवकोटा रहेको प्रहरीले जनाएको छ ।

उनिहरु सबै श्रीनगरस्थित अस्पतालमा उपचारपछि डिस्चार्ज भएको पनि जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । चालक जिल्ला रुकुम पश्चिम सानिभेरी, ८ बस्ने २३ वर्षीय दिपक केसी तथा गाडिका कागजात नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend