logo
  • आइतबार, असोज १८ २०८३

गृहमन्त्री अर्यालको प्रहरी दिवसमा चेतावनी: नेपाल प्रहरीलाई समयानुकूल सुधार्नुपर्छ


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ३१ २०८२

गृहमन्त्रीले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत बनाउनुपर्नेमा जोड

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई प्रविधिको बढ्दो प्रभाव र अपराध अनुसन्धानमा बढ्दो चुनौतीका बीच समयानुकूल परिस्कृत गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ७०औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई आन्तरिक सुरक्षालाई सुदृढ बनाउने गृह मन्त्रालयको दायित्व रहेको बताए।

उनका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीका साधनस्रोतमा भएको क्षतिले संस्थागत कार्यमा प्रत्यक्ष असर परेको छ। उनले प्रहरीलाई निष्पक्ष अनुसन्धानमार्फत पीडितलाई न्याय दिन उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

गृहमन्त्री अर्यालले पछिल्ला धार्मिक र साम्प्रदायिक घटनाले राष्ट्रिय सद्भावमा असर पार्ने प्रयास भइरहेको भन्दै सुरक्षामा थप चुनौती आएको उल्लेख गरे।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पनि प्रहरी व्यावसायिक रूपमा सक्षम रहेको र नयाँ सुरक्षा चुनौतीहरू सामना गर्न तत्पर रहेको बताए। उनले देशभर नयाँ प्रहरी एकाइ र जनशक्तिको आवश्यकता रहेको जानकारी दिए।

कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अवकाशप्राप्त डिआईजी कृष्णबहादुर रानालाई प्रदान गरियो। साथै वीरगति प्राप्त प्रहरी परिवारलाई रु. १ लाख ५० हजार नगद सहयोग र प्रहरी दर्पण–२०८२ विमोचन गरिएको थियो।

प्रहरी ऐन २०१२ अनुसार स्थापना भएको नेपाल प्रहरीले आज सात दशक पूरा गरेको छ, हाल यसमा ७९ हजार ५४१ जनशक्ति कार्यरत छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend