logo
  • आइतबार, असोज १८ २०८३

मौसम र टिम गेममा भर पर्दै नेपाल, घरेलु टोली ताजकिस्तानविरुद्ध जित सम्भव छ ?


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १८ २०८२

ताजकिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। उसले दुई पटक एसियन कप खेलेको छ। घरेलु मैदान र समर्थक उसको लागि अर्को बलियो पक्ष हुनेछ।

नेपालले बलियो टोली विरुद्ध खेल्न तयार रहेको बताएको छ। प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको नेपाली टोलीले ताजिकिस्तान बलियो प्रतिद्वन्द्वी भए पनि गल्ती नगरेर टिम गेम खेल्ने हो भने सकारात्मक नतिजाको आउने बताएका छन्।

आइतवार ताजकिस्तान पुगेको नेपाली टोलीले त्यँहा दुई दिन प्रशिक्षण पनि गरेको थियो। नेपालको मौसम जस्तै भएकोले खेलाडीहरूलाई सहज हुने आशा प्रशिक्षक न्यौपानेको छ।
नेपाली टोलीको कप्तानी आयुष घलान गर्नेछन् छ। दुई महिनाको प्रशिक्षण र राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलेर युवा टोली ताजिकिस्तान पुगेको हो।‌

कप्तान आयुषसँगै कृतिशरत्न छुन्जु, सुमित श्रेष्ठ र निराजन धामीसँग राष्ट्रिय टोलीबसट खेलेको अनुभव छ।
सकरात्मक नतिजाको लागि खेल्ने भने पनि नेपाल कठिन समूहमा छ।

समुह ‘के’ मा नेपालले सिरिया र फिलिपिन्सको पनि सामना गर्नुपर्ने खेल्नेछ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ।

सन् २०२६ को साउदी अरेबियामा हुने यु-२३ एसियन कप छनोटको लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गर्नेछन्। ४४ टिमलाई ११ समुहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ४ टोली छन्।

प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछ। साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछ। साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भैसकेको छ। एसियन कपमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली युवा टोली

गोलकिपर – कृशाल मोक्तान, अमित टमाटा, विशाल केसी

डिफेन्डर – विवेक गुरुङ, विशाल नेपाली, लाहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु र सेमान्त थापा

मिडफिल्डर– आयुष घलान (कप्तान), अभिषेक स्याङतान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ

फरवार्ड – रोहन खड्गी र निराजन धामी

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend