logo
  • आइतबार, असोज १८ २०८३

मोरङ कारागारमा महिला कैदीको शौचालयमा झुण्डिएको अवस्थामा शव फेला


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ११ २०८२

मोरङ जिल्ला कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ । कारागारको शौचालयमा ३२ वर्षे राधा भट्टराई (राधिका) मृत अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालीका ६ घर भई २०८० माघ ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गरिरहनुभएकी भट्टराई शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको कारागार प्रशासनले जानकारी दिएको छ । कारागारको शौचालयमा बिहान ४ः३० बजे शव भेटिएको खबर पाएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिनुभयो ।

भट्टराईविरुद्ध सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते कर्तब्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद हुने सजाय सुनाएको थियो ।

दुई नाबालक सन्तानसहित सुनसरी मोरङ सिंचाइ योजनाको नहरमा फालहान्दा दुवै  सन्तानको मृत्यु भएपछि भट्टराईविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो ।

कारागारमा रहँदा मानसिक समस्या देखिएपछि परमर्शदाता चिकित्सकबाट नियमितरुपमा पउचार गराइरहेको अवस्थामा घटना भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend