logo
  • आइतबार, असोज १८ २०८३

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै आमाबहिनीको राष्ट्रपति पौडेलसँग भेट


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ८ २०८२

राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किनुभएको थियो ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनुभयो । उहाँहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गर्नुभयो ।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend