logo
  • आइतबार, असोज १८ २०८३

सडक यातायात र पूर्वाधार चासोको विषय


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १ २०८२

सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend