logo
  • आइतबार, असोज १८ २०८३

चलचित्र घरमा एकसाथ ‘मोहर’ र ‘सिटामोल’


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २३ २०८२

काठमाडौं । केही समयदेखि चलचित्र घरमा राम्रो नेपाली चलचित्र रिलिज हुन सकेको थिएन । तर यसपटकको जनै पूर्णिमा र गाईजात्रालाई लक्षित गरेर शुक्रवारबाट एकसाथ दुई चलचित्र रिलिज भएका छन् ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’ र तुलसी देवी फिल्म प्रा.लि. एवम् जुन तारा फिल्मसको सहकार्यमा निर्माण भएको चलचित्र ‘सिटामोल’ शुक्रवारबाट एकसाथ रिलिज भएको हो ।

चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्र ‘मोहर’ मुलुकका एक सय भन्दा बढी चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्र ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको हो ।

चलचित्र ‘मोहर’मा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नवीन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।

दीपेन बस्न्यातको डीओपी रहेको यो चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स, कुमार महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ ।

यो चलचित्रको मुख्य कथा सुदूरपश्चिममा रहेको देउकी प्रथामा आधारित भएको यसका निर्देशक ओमले जनाए । दु्ईवटा चलचित्र एकसाथ रिलिज गर्नुको कारण’bout दुवै फरक जनराको चलचित्र भएकाले एकसाथ आउँदा फरक नगर्ने पनि ‘मोहर’का निर्देशक ओम प्रतीकको कथन छ ।

शुक्रवारबाटै रिलिज भएको अर्को चलचित्र ‘सिटामोल’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । यो चलचित्र पनि मुलुकका सात दर्जन भन्दा बढी चलचित्र घरमा १५० भन्दा बढी सो सहित रिलिज भएको निर्देशक सानेले जानकारी गराएका छन् ।

चलचित्र ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्य राज्यलक्ष्मी डिसीको अभिनय छ ।

यो चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको यस चलचित्रको निर्माता भूगोल कुमार कार्की र विकाश राज जोशी हुन् । जसमा कार्यकारी निर्माताका रूपमा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी र सह निर्मातामा गंगाराम श्रेष्ठ छन् । ‘सिटामोल’मा कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई एवम् रंग संयोजन, मुकेश शाहको ध्वनी डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यो चलचित्रलाई दिव्य सुवेदीले खिचेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend