logo
  • आइतबार, असोज १८ २०८३

जिल्ला समिति चयनका लागि जसपा मतदान आज


  • पब्लिक सूचना
  • सोमबार, साउन १९ २०८२

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला कार्य समिति चयनको लागि आज (सोमबार) मतदान हुने भएको छ । निर्वाचन समितिले आइतवार साँझ सूचना जारी गर्दै संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

संशोधित तालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिएको छ भने १९ गते सोमबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत धनेश्वर यादवले जानकारी दिनुभयो  ।

उहाँका अनुसार मतदान सम्पन्न भएलगत्तै साँझ ५ बजेदेखि मतगणना सुरु गरिने बताउनुभयो ।

यसअघि साउन १८ गतेका लागि तय गरिएको निर्वाचन तालिका विशेष कारणवश परिमार्जन गर्दै साउन १९ गतेका लागि सारिएको हो ।

जसपा सप्तरी एकताको प्रथम अधिवेशनअन्तर्गत गत बिहीबार सम्पन्न बन्द सत्रमा जिल्ला कार्यसमिति चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ  ।

जिल्ला अध्यक्ष पदमा केदारप्रसाद यादव, उमेशप्रसाद यादव, उपाध्यक्षमा लक्ष्मण यादव, उषा कुमारी साह, हरेराम यादव, राजेश्वर राय, सचिवमा शम्भु कुमार यादव, निरज कुमार झा, उपसचिव रामेश्वर कौडगिया यादव, रिता कुमारी चौधरी, दाउद हुसैन, राहुल मण्डल, कोषाध्यक्षमा अरमेन्द्रकुमार यादव (अर्विन), अभिनभ यादव (निकु), सुचिता कुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सात जना पदाधिकारी, १८ भूगोल, १८ महिला र सात जना समावेशी समूह गरी कुल ५७ जना जिल्ला नेतृत्व चयनका लागि जसपा नेपाल सप्तरीको निर्वाचनमा पाँच सय १५ जना मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend