logo
  • आइतबार, असोज १८ २०८३

‘साँवाब्याज तिरेँ, नाम कालो सूचीमा!’ – वालिङका व्यवसायीको गुनासो


  • पब्लिक सूचना
  • आइतबार, साउन १८ २०८२

वालिङका एक व्यवसायीले बैङ्कको ऋण तिरिसक्दा पनि कालो सूचीमा राखिरहेको पाइएको छ । नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको स्याङ्जाको वालिङ शाखाबाट आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरेका एक व्यवसायीको नाम कालो सूचीमा परेको छ ।

वालिङ नगरपालिका–९ स्थित आँधीखोला मार्टका सञ्चालक दीपक श्रेष्ठले गत असार ३२ गते बैङ्कसँगको सम्पूर्ण बक्यौता रकम तिरेर आफूमाथिको कर्जामुक्तिको ढोका खोलेको महसुस गर्नुभएको थियो तर साउन ४ गते कर्जा सूचना केन्द्रमा बुझ्दा आफ्नो नाम कालो सूचीमा देखेपछि उहाँ चकित पर्नुभयो । पीडित व्यवसायी भन्नुहुन्छ, “कर्जाको साँवाब्याज तिरेँ तर मेरो नाम त कालो सूची पु¥याए छन् ।”

“मैले ३२ गते नै सबै कर्जा चुक्ता गरेको छु तर आज साउन १७ गतेसम्म पनि कुनै प्रतिक्रिया छैन । बैङ्कले तीन दिनभित्र कालो सूचीबाट ‘रिलिज’ गर्नुपर्ने हो,” उहाँले भन्नुभयो, “त्यसको सट्टा, मलाई र मेरो कम्पनीलाई बैङ्कले बदनाम गर्ने काम

गरेको छ ।” कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम परेका व्यवसायीका लागि समस्या त्यत्तिमै सीमित हुँदैन । नयाँ कर्जा लिन, बैङ्क ग्यारेन्टी पाउन, कम्पनीको वित्तीय कारोबार गर्न र ठुला सम्झौतामा संलग्न हुनसमेत असम्भव जस्तै बन्छ । जसको प्रत्यक्ष असर व्यवसायमा र व्यक्तिको प्रतिष्ठामा पनि पर्छ ।

यो एउटा सामान्य मानवीय त्रुटि भएको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क, वालिङ शाखाका प्रबन्धक कुमार केसीले बताउनुभयो ।

“असार मसान्तको राति पैसा आयो, २९ गते नै कालो सूचीको प्रक्रिया अगाडि बढेको रहेछ,” उहाँले भन्नुभयो, “दुई मिनेटमा नै कर्जा चुक्ता भएको प्रमाण केन्द्रीय कार्यालयमा पठाएका थियौँ, कसरी यो घटना भयो हामी नै अन्योलमा छौँ ।”

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend