logo
  • आइतबार, असोज १८ २०८३

‘प्रत्येक आन्दोलनमा बगालेको भूमिका स्मरणीय छ’ — देउवा


  • पब्लिक सूचना
  • आइतबार, साउन १८ २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आज बगालेको निवास भरतपुर महानगरपालिका(४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले हरेक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताउनुभयो । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उहाँले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मनुभएका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रासस

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend