पब्लिक सूचना
काठमाडौं — सेयर बजार लगातार उकालो लागेसँगै दैनिक कारोबार रकम पनि बढ्दै गएको छ। ११ बजे खुलेको बजारमा १२ बजेर ५२ मिनेट जाँदासम्म दुई घण्टामा दश अर्ब ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
उक्त अवधिमा २२ लाख ७१ हजार ६ सय कित्ता सेयर खरिदबिक्री भएको छ। सो अवधिमा ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। ट्रेड टावरको सेयर मूल्य प्रतिकित्ता ५८९ रुपैयाँ ३० पैसा पुगेको छ। सान्भी इनर्जीको सेयर मूल्य ५२५ रुपैयाँ ४० पैसा पुगेको छ।मंगलवार २० अर्ब ८ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको थियो।
हालसम्मको सर्वाधिक मूल्यको सेयर कारोबार गत वर्ष साउन ३१ गते भएको थियो। यो दिन २९ अर्ब ९५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend