logo
  • आइतबार, असोज १८ २०८३

थुनामुक्त भइसकेपछि रमा बस्नेतको बन्दी रिटमा सुनुवाइ !


  • पब्लिक सूचना
  • मंगलबार, असार २४ २०८२

यसअघि गत असार १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले बस्नेतलाई थुनामा राख्नुको कारण विपक्षीसँग माग गरेको थियो । बन्दीको रिटमा सुनुवाइका लागि पेसी तोकिए पनि बस्नेत भने यसअघि नै धरौटी बुझाएर रिहा भइसकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले गत असार १ गते उनलाई पक्राउ गरेको थियो ।

असार ९ गते बस्नेतका बुवा बलदेवले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले असार ११ गते जिल्लामा मुद्दा दायर गरेको थियो । असार १२ गते न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार धरौटीमा छाड्न आदेश गरेपछि उनी धरौटी बुझाएर छुटेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend