logo
  • आइतबार, असोज १८ २०८३

कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक


  • पब्लिक सूचना
  • शुक्रबार, असार २० २०८२

काँक्रेविहार (सुर्खेत), असार २० गते । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भन्नुभयो, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।” रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend