logo
  • आइतबार, असोज १८ २०८३

सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी


  • पब्लिक सूचना
  • शुक्रबार, असार २० २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको खबर गोरखापत्रले छापेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend