logo
  • आइतबार, असोज १८ २०८३

**अध्यागमन र भिजिट भिसाका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन**


  • पब्लिक सूचना
  • मंगलबार, असार १० २०८२

गृहमन्त्री लेखक काठमाडौँ, १८ फागुनः गृहमन्त्री रमेश लेखक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार राष्ट्रियसभा बैठकमा सांसदका गृहमन्त्रालयसँग सम्बन्धित उठान भएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडाैं, असार १० गते । गृहमन्त्री रमेश लेखकले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले पूर्वमुख्यसचिव शंकरदार बैरागीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको हो ।

पूर्वमुख्यसचिव बैरागीको संयोजकत्वको समितिमा अर्थमन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोईराला सदस्य रहनुभएको छ ।

समितिको सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहनुभएको छ । समितिलाई अध्यागमन र भिजिट भिसामा देखिएका सबै समस्याको समाधानका लागि सदनमा उठेका विषयहरुलाई समावेश गर्नेगरि समिति गठन गरिएको उहाँले दाबी गर्नुभयो । गृहमन्त्री लेखकले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्थाका लागि सरकारले ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अध्यागमन व्यवस्थापनका क्रममा केही समस्याहरु देखापरेका छन् । केही आज सतहमा आएका होलान्, कुनै हिजोदेखि नै देखापरेका  समस्याहरु छन् । ती समस्याहरु विगतदेखि नै रहेका, भिजिट भिषाका सम्बन्धमा समेत देखापरेका अरुपनि समस्याहरु देखा परेका छन् ।”

उहाँले सदनमा उठेका विषयलाई सम्मान गर्दै सबैलाई समेटेर कार्यादेशसहित समिति बनेको बताउँदै अध्यागमनका समग्र विषयमा देखापरेका समस्या समाधान हुनसक्ने गरी सुझाव प्रतिवेदन पेश हुने र सोही अनुरुप सरकार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend