logo
  • आइतबार, असोज १८ २०८३

तृप्ति र जयेशको स्वर, विजय तथा अस्मि फिचर्ड “आँखैले बोलन..”(भिडियो)


  • पब्लिक सूचना
  • आइतबार, असार ८ २०८२

काठमाडौं ।  वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन ।

 

सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन ।

उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन ।

प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन ।

ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर्माण राधिका उप्रेतीले गरेकी हुन ।

पछिल्लो पटक गायिका तृप्ति खड्का गुरुङ्ग र संगीतकार विजय गुरुङ्गका थुप्रै गीतहरु बजारमा आएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend