logo
  • आइतबार, असोज १८ २०८३

वैदेशिक रोजगार विभागले भन्यो- कन्सल्टेन्सीहरूले विदेशमा कामदार पठाएको पाइए कारबाही हुन्छ


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ११ २०८२

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीहरूले विदेशमा कामदार पठाएको पाइए कारबाही हुने बताएको छ।

ऐन विपरीत कुनै पनि व्यक्ति वा संस्थाले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउन वा पठाउनको लागि प्रक्रिया अगाडि बढाएको पाइए कानुनअनुसार कारबाही गर्ने विभागले जनाएको छ।

‘कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र (Consultancy), ट्राभल एजेन्सी, तालिम प्रदायक संस्थाहरू, भाषा प्रशिक्षण गराउने संस्थाहरू लगायत संघसंस्था आदिले नेपाली श्रमिकलाई विदेश पठाइदिने भनी सूचना जारी गर्ने गरेको, राहदानी र अन्य कागजात संकलन गर्ने गरेको एवं नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको भनी यस विभागमा उजुरी एवं जनगुनासोहरू प्राप्त भैरहेका छन्,’ विभागले भनेको छ, ‘अतः कुनै पनि व्यक्ति वा संस्थाले गैरकानूनी तवरले वैदेशिक रोजगारीमा पठाउने, पठाउन सहजीकरण गर्ने कार्य नगर्नू/नगराउनू हुन सम्बन्धित सबैमा सूचित गरिन्छ।’

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकको रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम यस विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानूनी प्रावधान छ।

भिजिट भिसामा कामदारहरूसँग मोटो रकम असुली वैदेशिक रोजगारमा पठाउनका लागि अध्यागमनका अधिकृतहरू नै मुछिएपछि विभागले सूचना जारी गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend