पब्लिक सूचना
वि. सं. : वि. सं २०८२ जेठ ४ गते आइतबार
इ.सं. : 18th May 2025 (Sunday)
सूर्योदय: बिहान ०५:१५ बजे
सूर्यास्त: बेलुका १८:४६ बजे
तिथि : षष्ठी २६:३५ सम्म, तत्पश्चात् सप्तमी
पक्ष : जेष्ठ कृष्णपक्ष
नक्षत्र : उत्तरषाढा १६:०६ सम्म, तत्पश्चात् श्रवण
योग : शुक्ल २७:२१ सम्म, तत्पश्चात् ब्रह्म
करण : गर १४:५० सम्म, तत्पश्चात् वणिज
चन्द्रराशि: मकर
ऋतु : ग्रीष्म
अयन : उत्तरायण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो समय छ। व्यापारबाट आम्दानी, शिक्षा क्षेत्रमा सफलता, स्वास्थ्यमा सुधार र परिवारसँगको सम्बन्ध बलियो हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवार र आफन्तको सहयोग हुनेछ। अवसरको सिर्जना र श्रमको मूल्यांकन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँगको विश्वासले घाटा पुर्याउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। प्रेम जीवन सुमधुर हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा समस्या, साथीबाट दुःख, र ठुलो लगानी नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवादको जोखिम छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शिक्षा र विदेशमा लगानीबाट फाइदा, परिवारको सहयोग र समाजसेवामा अवसर मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राम्रो समय। मेहनतको फल, कार्यक्षेत्रमा प्रशंसा, र परिवारसँगको सम्बन्ध बलियो हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जमिन कारोबारबाट उत्साह, प्रतिस्पर्धीहरू शान्त, र प्रेम जीवन सुमधुर हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिक्षामा सफलता, स्वास्थ्यमा सुधार, परिवारको रचनात्मक सहयोग र समाजसेवामा अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै अवसर, शेयरमा लाभ, व्यापारमा फाइदा, र परिवारसँगको सम्बन्ध बलियो हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा सफलता, नयाँ कामको शुभ समय, परिवारसँग मनोरञ्जनात्मक समय र विद्यार्थीको पढाईमा ध्यान जान्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
झुटो आरोपको सामना गर्न सकिन्छ। विदेशमा लगानीबाट सन्तुष्टि, परिवारको सहयोग प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend