logo
  • आइतबार, असोज १८ २०८३

नागरिक उन्मुक्ति पार्टीद्वारा कैलाली १ (क) का सांसद कैलाश चौधरी सुदूरपश्चिम सरकारको मन्त्रीमा सिफारिस


  • पब्लिक सूचना
  • बुधबार, बैशाख ३१ २०८२

काठमाडौं, २०८२ बैशाख ३१ — नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री पदका लागि कैलाली निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य श्री कैलाश चौधरीलाई सिफारिस गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंबाट २०८२ साल बैशाख ३० गते जारी गरिएको पत्रमा पार्टीको संसदीय दलको कार्यालय, धनगढी कैलालीबाट प्राप्त पत्रको आधारमा श्री चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गरिएको उल्लेख छ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीद्वारा हस्ताक्षरित पत्रमा चौधरीलाई पार्टीको निर्देशनअनुसार मन्त्री पदको जिम्मेवारी सम्हाल्न सिफारिस गरिएको जनाइएको छ। साथै सोही अनुरूप आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

यो सिफारिससँगै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा आफ्नो उपस्थिति थप सशक्त बनाउने संकेत देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend