logo
  • आइतबार, असोज १८ २०८३

नीति तथा कार्यक्रमको पूर्णपाठ


  • पब्लिक सूचना
  • आइतबार, बैशाख २१ २०८२

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनका अवसर वृद्धि गर्ने घोषणा गरेको छ। उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने उल्लेख छ।

सरकारले स्वास्थ्य सेवा सम्बन्धी सबै सहायता तथा सहुलियत कार्यक्रमहरूलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालमा रहेको क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने भएको छ। सरकारले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी र उनीहरूको सन्तानलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ।

रंगशाला लगायतका पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ।

खेलकुदलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोड्ने सरकारी योजना छ।

विद्यालय शिक्षालाई प्राविधिक तथा व्यवसायिक शिक्षामा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइने नीति सरकारले अघि सारेको हो।

पूर्णपाठ:

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend