logo
  • आइतबार, असोज १८ २०८३

बैठक बस्दै सत्तापक्ष दलहरू, के छन् एजेन्डा?


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १७ २०८२

सत्तापक्ष दलहरूको बैठक आज बस्दैछ।

बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा सरकारमा रहेका दल र तिनका नेताहरू सहभागी हुनेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम पेस गर्नेछन्। बुधबार बालुवाटारमा हुने सत्तपक्ष दलहरूको बैठकमा सो नीति तथा कार्यक्रमबारे छलफल गर्ने एजेन्डा छ।

सँगै समसामयिक परिस्थिति र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। शिक्षकहरूको आन्दोलन र उनीहरूका माग, चिकित्सकहरूको आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयम पनि छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend