logo
  • आइतबार, असोज १८ २०८३

गुडिरहेको बसमा करेन्ट लाग्दा तीनजनाको मृत्यु


  • पब्लिक सूचना
  • शुक्रबार, असार २२ २०८०

सल्यान, असार २१ गते । सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उहाँका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता  गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उपचारका लागि अस्पताल लगिएका एकजनाकाे  निधन भएकाे छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बसधनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओली गम्भीर घाइते हुनुभएको छ ।

सल्यान : गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोरा सहित तीन जनाको मृत्यु - मूलपाटी संवाददाता :: Mulpati - Online Radio Streaming

गम्भीर घाइते ओलीलाई उपचारका लागि दाङतर्फ पठाइएको घटनास्थलमा रहनुभएका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी घटनास्थलमा पुग्नुभएको छ भने प्रहरी पनि घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी सल्यान जिल्लाका प्रहरी प्रमुख दामोदर केसीले दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend