logo
  • आइतबार, असोज १८ २०८३

रास्वपाका सांसद मनिष झा भन्छन ” आफ्नो आयुको भन्दा सरकारले उपलब्धिहरूको चर्चा गरोस्”


  • पब्लिक सूचना
  • आइतबार, बैशाख १४ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले आफ्नो आयुको भन्दा  उपलब्धिको चर्चा गरोस् भन्दै चुनौती दिएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार बोल्दै उनले  सरकारले यो–यो गर्‍यो भनेर परिणामहरू भन्दा राम्रो सुनिने बताएका हुन्।

‘सरकारले आफ्ना उपलब्धिहरूको चर्चा गरोस्, आफ्नो आयुको भन्दा, हामी चुनौती पनि दिन चाहन्छौं,’ उनले भने, ‘ मैले यति महिनामा यो–यो गरेँ। सरकारले योयो गर्‍यो भनेर परिणामहरू सुनाउनुभयो भने अझै राम्रो सुनिन्थ्यो होला।!

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार ढल्दै, ढल्दैन भन्ने गरेको बताउँदै उनले प्रतिपक्षीको बेञ्चबाट आफूहरू यो सरकार ढल्नुहुँदैन भन्ने पक्षमा रहेको बताए।  ‘यो सरकार नढलोस्। यो सरकार, गठबन्धनलाई हामी अझै लामो समयसम्म निरन्तर गइराखोस् भनेर शुभकामना दिन चाहन्छौं,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend