logo
  • आइतबार, असोज १८ २०८३

मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबीच भेटवार्ता, भारत भ्रमणबारे जानकारी


  • पब्लिक सूचना
  • शनिबार, बैशाख १३ २०८२

धनगढी, वैशाख १३ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गर्नुभएको हो ।

त्यस क्रममा मुख्यमन्त्री शाहले आफ्नो भारत भ्रमणको विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनुभएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा जाँदै छ ।

भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमण टोलीले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गर्ने मुख्यमन्त्रीकोे सचिवालयले जानकारी दिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend