logo
  • आइतबार, असोज १८ २०८३

कैँची प्रहार गरी हत्या


  • पब्लिक सूचना
  • आइतबार, माघ १३ २०८१

धनगढी, माघ १३ गते । कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् ।

घरायसी विवादमा प्रकाशले आफ्नो दाइलाई कुटपिट गर्नुका साथै घाँटीमा कैँची प्रहार गरेको जनाइएको छ । कैँची प्रहारबाट गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि राति नै धनगढीस्थित निसर्ग अस्पतालमा लगिए पनि उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

दाइको हत्या गर्ने भाइलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend