पब्लिक सूचना
काठमाडौं । गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वर तथा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर सहितको गीत ‘तिम्रो झझल्को’ हरि उप्रेतीको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
गीतको एरेन्ज राजेन्द्र श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेको रहेको छ । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको जीवन्त अभिनय रहेको छ । भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् भने राजाराम सिंखडले कोरियोग्राफी गरेका छन् ।
सिनेमा अटोग्राफ र ड्रोनमा प्रकाश खड्काको भूमिका रहेको छ । भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माको रहेको छ भने कलाकारलाई कविता तोलाङ्गीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।
करिब सात दर्जन भन्दा बढि गीतमा आफ्नो सुमधुर आवाज भरिसकेकी तृप्ति हर किसिमको गीत, गजल, भजन गाउन सक्ने क्षमता भएकी भर्सटाइल गायिका तथा संगीतकार हुन्, यो भन्दा अगाढि उनका भगवान श्री कृष्ण लगायतका भजनहरु सार्वजानिक भइसकेका छन् भने चाडै नै रामकृष्ण ढकाल संगको सहकार्यमा ज्ञानेन्द्र क्षेत्रीको शब्द र आफ्नै संगीतमा ‘छ माया छपक्कै’ र उदित नारायण झा संगको सहकार्यमा विजय गुरुङको संगीत तथा हरि उप्रतीको शब्दमा ‘सारङ्गीको र्याइर्याई’ बोलको गीत चाडै नै बजारमा आउने जानकारी दिइन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend