पब्लिक सूचना
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ यु २० महिला र यु १९ पुरुष च्याम्पियनसिपको आयोजनास्थल र मिति तय गरेको छ।
प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ। यु २० महिला च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ। च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- २५) सम्म हुनेछ।
नेपालले प्रीति राईको कप्तानीमा गत वर्ष पछिल्लो संस्करण खेलेको थियो। नेपाल फाइनलमा आयोजक बंगालादेशसँग पराजित भएको थियो।
यु १९ पुरुष च्याम्पियनसिप भारतमा आयोजना हुनेछ। च्याम्पियनसिपमा अर्को वर्ष कात्तिक १९ देखि २९ गते (२०२५ नोभेम्बर ५-१५) सम्म हुनेछ।
दुई पटकको विजेता नेपाल गत वर्ष घरेलु मैदानमा च्याम्पियनसिप आयोजना हुँदा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend