logo
  • आइतबार, असोज १८ २०८३

सरोज खनाल अभिनित ‘कान्छा बा’ सार्वजनिक: डिमेन्सियामा आधारित नयाँ म्युजिक भिडियो


  • पब्लिक सूचना
  • बिहिबार, असोज १७ २०८१

सरोज खनाल अभिनित डिमेन्सियामा आधारित “कान्छा बा” सार्वजनिक। गत: सोमबार डिमेन्सिया रोगसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो “कान्छा बा” Subash Chandra Dhungel Official युट्युबमार्फत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेलको शब्द रचना, संकेत अगस्तीको संगीत, पुस्पन प्रधानको स्वरमा सजिएको उक्त गीतको संगीत संयोजन सन्जीव बराइली र मिक्स मास्टरिङ नरेश बि.बि.सीले गरेका हुन्। यस म्युजिक भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल मुख्य भूमिकामा छन् । उनलाइ साथ दिँदै कमल सिंह र मिशेल घिमिरे पनि मुख्य पात्रमा देखिएका छन्।

सहायक पात्रहरुमा श्रेय अगस्ती, प्रीति तामाङ, मनकुमार राई र रमेश पराजुलीले साथ रहेको छ। दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको शृंगार, विकास धमलाको सम्पादनमा बनेको यो म्युजिक भिडियोको कथा साक्षी श्रेयको रहेको छ। रत्नशोभा ढुंगेलको निर्माणमा बनिएको “कान्छा बा” निकेश खड्काले निर्देशन गरेका छन्। बिर्सिने रोग(डिमेन्सिया) बाट पीडित कान्छा बाले आफ्नो दिनचर्यामा भोग्नुपरेको पीडाले चिन्तित छोरा बुहारीको अभिव्यक्तिले चित्त दुखाएर कान्छा बा घरबाट निस्केर आफ्नै अलग्गै यात्रामा निस्किएको कथावस्तु कान्छा बा मा देखाइएको छ। पोएट आइडलका सान नाथन रायनको कविता वाचनले उक्त म्युजिक भिडियोलाइ अझै सजाएको छ। आफ्ना बुढा भएका आमा बालाई माया र साथ दिन सके डिमेन्सिया जस्तो रोगलाइ निवारण गर्न सक्छन् भन्नू नै यस म्युजिक भिडियोको आशय रहेको छ।

भिडियो लिंक: https://www.youtube.com/watch?v=77O3ynIkQBo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend