पब्लिक सूचना
बझाङमा पहिरोमा पुरिएका चारै जनाको शव फेला परेको छ।
गएराती बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव भेटिएको।
पहिरोमा परेर ज्यान गुमाउनेहरूमा काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी हरेका स्थानीय भरत महरले बताए।
उनका अनुसार प्रहरी र स्थानीयको टोलीले बिहान ७:२० बजे क्षतिग्रस्त घरबाट शव निकालेको हो।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो।
पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend