logo
  • आइतबार, असोज १८ २०८३

नहरमा डुबेर एकको मृत्यु


  • पब्लिक सूचना
  • बिहिबार, साउन १७ २०८१

नेपालगन्ज, साउन १७ गते । बुधवार भएको वर्षाका कारण कोहलपुर –१५ स्थित बेलनपुर नहरमा डुबेर बाँके बैजनाथ गाउँपालिका –७ का एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर १५ बेलनपुरस्थित बेलनपुर नहरको बिचमा मृत अवस्थामा मानिस रहेको भन्ने खबर आउनासाथ प्रहरीले नहरमा छिरेर शवलाई बाहिर झिकेको र शवको पहिचान बैजनाथ –७ पेडारीका वीरबहादुर थारुको भएको बताउनुभयो ।

उहाँले नहरबाट शव निकाल्न आफ्नो कमाण्डमा ६ जना गोताखोरसहितको टोली खटिएको जनाउँदै कोहलपुर मदन चोक प्रहरी बिटबाट प्रहरी नायब निरीक्षक कमल केसीको कमाण्डमा २ जनाको टोली पनि खटिएको बताउनुभयो ।

वर्षाका कारण नहरमा आएको बाढीले थारुलाई बगाएर ल्याएपछि उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । थारुको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend