कुशल गुरुङको ‘भुल गरेछु’ सार्वजनिक (भिडियो)


लेखक : admin      २३ चैत्र २०७७, सोमबार ०६:१७ मा प्रकाशित     
कुशल गुरुङको ‘भुल गरेछु’ सार्वजनिक (भिडियो)

कुशल गुरुङको स्वरमा रहेको गीत ‘भुल गरेछु’ सार्वजनिक भएको छ । कुशलकै शब्द, तुला पर्वतको सङ्गीत र महेश बिक्रम पाण्डेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

एकतर्फी मायामा डुबेका कुशलले आँफूलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरू भिडियोमा देख्न सकिन्छ । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् ।

मकाउका बिभिन्न मनोरम स्थानमा छायाँकन भएको भिडियो छायाँकन, सम्पादन र निर्देशक सङ्गीतकार तुलाले नै गरेका हुन् । जसको निर्माता शान्ती राई हुन ।

Copy link
Powered by Social Snap