मोडल अनुषुयालाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’


लेखक : admin      १३ बैशाख २०७८, सोमबार १६:५५ मा प्रकाशित     
मोडल अनुषुयालाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’

मोडल अनुषुया न्यु मोडेल इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएकी छिन ।
राजधानीमा सम्पन्न योङ्ग माईण्ड ईन्टरमेन्ट अवार्डमा ‘औंसी रातैमा’ बोलको म्यूजिक भिडियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी हुन ।

अवार्ड बितरण कार्यक्रममा अतिथीको रुपमा सहभागी भएकी बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि अचानक न्यु इन्करेजमेन्ट अवार्डको लागि अनुषुयालाई मन्चमा बोलाइए पछि अचम्ममा परेकी थिईन । आयोजकलाई धन्यवाद दिदैं उनले भनिन, मेरो जिवनको यो पहिलो अवार्ड हो त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ ।
उक्त कार्यक्रममा उनी सङै पल शाह,रेश्मा घिमिरे,निता ढुङाना,दुर्गेस थापा लगायतले पनि अवार्ड प्राप्त गरेका थिए।

Copy link
Powered by Social Snap