logo
  • आइतबार, असोज १८ २०८३

नेफ–ऋत कप फुटबल प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने


  • पब्लिक सूचना
  • सोमबार, पुष २ २०८०

विद्यार्थीहरुका विभिन्न क्षमता विकास गर्न विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको शैक्षिक संस्था उत्तरभेगिय शैक्षिक मञ्च (नेफ) र ऋत एकेडेमीको संयुक्त आयोजनामा सातौ नेफ–ऋत कप छात्र फुटबल प्रतियोगिता आईतबारदेखि हुने भएकोछ । प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन । यसै प्रतियोगिता बाट उत्कृष्ट २० खेलाडीहरुलाई डेनमार्क,हारिङ्ग मा जुलाई २२ देखि २७ सम्म हुने दान कपमा ४० भन्दा बढि राष्ट्रको खेलाडी सहभागी हुने “दान कप” को लागि छनोट गरिनेछ । ऋत एकेडेमीले उत्कृष्ट ३० खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार वरावरको छात्रवृद्धि प्रदान गर्ने भएको छ । शनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु चावहिलको गणेशथान स्थित फुटवल मैदनमा हुनेछ । उत्तरभेगिय शैक्षिक मञ्चका अध्यक्ष नारायण रोक्काले नेपाली फुटवल जगताका लागि समेत यो महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो उहाले भन्नु भयो पहिलो कुरा यो खेलले विद्यार्थीहरुको सारिरिक तथा मानसिक विकास त गराउछ नै यसले यो देशको खेल क्षेत्रलाई समेत महत्वपुर्णरुपले अगाडी बढाउन सहयोग पुग्ने छ । यस्ता प्रतियोगिाताले विद्यार्थीहरुमा जोस जागर बढ्ने र उनिहरुको पूतिभा र क्षमता विकास गर्न समेत सहयोग पुर्यायने उहाले उल्लेख गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend