पब्लिक सूचना
चन्द्रपुर,आशिष लामिछाने –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चन्द्रपुर नगर सभापतिमा उदय नारायण सापकोटा (सुरेन) निर्वाचित भएका छन् ।

शनिवार रास्वपाको चन्द्रपुरमा सम्पन्न भएको नगर भेलाले निर्वाचनको प्रक्रियामा उमेद्वार ३ जना मध्येबाट सापकोटा सभापतिमा बहुमत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी सो भेलाले दस वडा बाट १० जनालाई चयन गरेको रास्वपाका क्षेत्रिय सदस्य जनकराज भारतीले जानकारी दिएका छन् ।
उनले सदस्य पदमा चयनहुनेहरुमा वडा नम्बर एकका शक्ति कार्की, दुईका लक्ष्मण थापा,तिनका भावना दाहाल,चारका मुना श्रेष्ठ गौतम,पाँचका रञ्जन काफ्ले,छ का गोमा उप्रेती बजगाई,सातका रामचन्द्र शिवाकोटी,आठका हरी चालीसे र दशका रिमा कुमारी साह रहेको बताएका छन् ।
कार्यक्रममा रौतहटका पत्रकार दिपु कुमार मिश्र नेपाली काँग्रेसको स्वेच्छिक संस्था नेपाल प्रेस युनियनको उपाध्यक्ष पदबाट राजिनामा दिएर रास्वपामा प्रवेश गरेका छन् ।
उनलाई रास्वपाका माननीय सांसद मनिष कुमार झाले पार्टीमा स्वागत गरेका छन् । पत्रकार मिश्रलाई रास्वपाले मधेश प्रदेशका प्रचार प्रसार एवं सुचना विभागको सदस्यको जिम्मेबारी दिएको रास्वपाका मधेस प्रदेश सभापति तपेश्वर यादवले जानकारी दिएका छन् ।

सो चन्द्रपुर नगरभेला कार्यक्रममा रास्वपाका सह–महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी,सांसद डा.चन्दा कार्की,प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रवक्ता रन्जित राम,जिल्ला संयोजक प्रदिप साह लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend