पब्लिक सूचना
ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङले डब्लुकेएफ कराते वान प्रिमियर लिग ६८ केजी माथिको फाइनलमा खेल्दै छिन्।
विश्व कराते महासंघ (डब्लुकेएफ) को आयोजनामा इस्तानबुलमा जारी प्रिमियर लिगमा हिजो फाइनल पुगेकी हुन् । काजकिस्तानकी सोफियासँग फाइनल खेल्ने छिन् ।

यो अन्तर्राष्ट्रिय स्तरमा उनीहरूबीचको तेस्रो भेट हो।
१९औँ एसियाली खेलकुदको फाइनलमा सोफियाले एरिकालाई हराएकी थिइन्। २०औँ एकेएफ च्याम्पियनसिपमा सेमिफाइनलमा एरिकाले सोफियालाई हराएकी थिइन्।
एरिकाले १९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। यसका साथै उनले सन् २०२५ मा मोरक्कोमा सम्पन्न कराते वान प्रिमियर लिगमा कास्य पदक जितेकी थिइन् ।मलेसियामा भएको कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जितेकी थिइन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend