पब्लिक सूचना
29th June 2025, STC Oval, Kuala Lumpur .
ACC U16 Men East Zone Cup 2025.
Match 17 between Nepal and Indonesia (Photo by Vincent Phoon for Asian Cricket Council)
मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको विशाल योगफल तयार गर्यो ।
नेपालको लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ३२ रनको शतकीय इनिङ खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग ६२ बलमा १ सय ३२ रनको विशाल साझेदारी गरे ।
परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि क्रिजमा आएका शिवान्स बजगाईंले ६ बलमा ४ रन बनाए । प्रसिद्धले तेस्रो विकेटका लागि रौनक श्रीवास्तवसँग मिलेर १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गरे । रौनकले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले ।
पाँचौ विकेटका लागि सुगम बुढाथोकी र जोय थापाकाबीचमा ५७ बलमा ७४ रनको साझेदारी भयो । जोय ४१ बलमा ७ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । छैठौं विकेटका लागि सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम ३४ बलमा ३९ तथा रोशन १० रनमा अविजित रहे ।
इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिए । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो । नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो ।
इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा सिंगापुरसँग पराजित इण्डोनेसियाले दोस्रो खेलमा भुटानमाथि जित निकालेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।
नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend