logo
  • आइतबार, असोज १८ २०८३

“आजको संसद बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने”


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ २९ २०८२

सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नुहुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भगरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend