logo
  • आइतबार, असोज १८ २०८३

फ्राईडे रिलिज विशेषमा : राजेशको ‘नरसिंहा’सँग भिड्दै ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौँ । आज शुक्रबारबाट एकमात्र नयाँ नेपाली फिल्म ‘नरसिंहा : अवतार’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

फिल्मले नेपालीमा एकल प्रदर्शन अवसर पाएपनि देभरका हल भने यसले मात्र पाएको छैन । किनभने अघिल्ला सातामा रिलिज भएका ‘के घर के डेरा’, ‘उनको स्वीटर’ र आजैबाट प्रदर्शनमा आएका हलिउडको बहुप्रतीक्षित ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’, अर्को एक हलिउड फिल्म ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’ले पनि धेरै स्टेसन कब्जा गरेको छ ।

रिलिज फिल्ममा सबैभन्दा बढी शो राजेश हमालको ‘नरसिंहा अवतार’ले पाएको छ । शुक्रबारको लागि यो फिल्मले देशव्यापी १३३ शो पाएको छ । टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ले देशभर १२५ शो पाएको छ । त्यस्तै राजकुमार राव स्टारर हिन्दी फिल्म ‘भुलचुक माफ’ ८६ र ‘लिलो एण्ड स्टिच’ले २६ शो पाएका छन् ।

‘नरसिंहा : अवतार’ अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा कमब्याक गरेका फिल्म हो । लामो समयपछि राजेशको फिल्म आउन लागेकोले दर्शक फिल्मलाई लिएर उत्साहित छन् । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत छ । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend