पब्लिक सूचना
अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जा ५’ को कमाइको गति अघिल्ला शृंखलाको भन्दा राम्रो रहेको बताएका छन्।
वितरकले आफूलाई दिएको आँकडाअनुसार फिल्मले एक हप्तामा ११ करोड हाराहारी ग्रस कलेक्सन गरेको उनले जानकारी दिए।
‘एक हप्ताको कलेक्सन एकदमै राम्रो भयो। अहिले पनि सबै शोहरू हाउसफुल छन्,’ उनले भने।
पाँचौ शृंखलाले ‘छक्का पञ्जा’ का अघिल्ला शृंखलाको पहिलो साताको कलेक्सनलाई उछिनेको छ। यसको अघिल्लो शृंखलाले पहिलो साता ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको थियो
दीपकका अनुसार ‘छक्का पञ्जा’ को पहिलो शृंखलाले १६ करोडको व्यापार गरेको थियो। दोस्रो शृंखलाले १४ करोडको व्यापार गरेको थियो। तेस्रो र चौथो शृंखलाले बराबर २० करोड हाराहारीको व्यापार गरेका थिए। ‘छक्का पञ्जा ५’ ले घरेलु बजारमा अघिल्ला शृंखलाले भन्दा बढी कमाइ गर्ने अनुमान गरिएको छ।
फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको ‘१२ गाउँ’ ले पनि आक्रामक व्यापार गरिरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend