भुजेल विद्यार्थी मंच रामेछाप जिल्ला कार्य समिति गठन


लेखक : admin      ३ फाल्गुन २०७७, सोमबार १३:३७ मा प्रकाशित     
भुजेल विद्यार्थी मंच रामेछाप जिल्ला कार्य समिति गठन

रामेछाप- जिल्लाको सदरमुकाम मा रहेको मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसमा एक कार्यक्रमचका बिच भुजेल बिधार्थी मन्च जिल्ला कार्य समिती रामेछाप गठन गरिएको छ ।। उक्त कार्यक्रम भुजेल बिधार्थी मन्च भुजेल बिद्यार्थी मन्च केन्द्रिय सदस्य कोपिला भुजेल को अध्यक्षता मा र भुजेल बिद्यार्थी मन्च केन्द्रीय उपाध्यक्ष दुर्गा भुजेलको प्रमुख अतिथ्ययतामा विशेष उपस्थिति र जिल्लाका विभिन्न स्थानिय तह बाट ५ दर्जन भन्दा बढी भुजेल युबा एबम बिधार्थिहरुको सहभागी रहेको थियो । साथै उक्त भेला ले राजकुमार भुजेल को अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन गरेको छ ।समितिमा क्रमशः उपाध्यक्ष :रबिन्द्र भुजेल ,सचिब:यम बहादुर भुजेल , सह सचिब : सबिता भुजेल , कोशाध्यक्ष : निरुता भुजेल र सदस्य हरुमा क्रमशः दिनेश भुजेल , बिन्दा भुजेल , अमृत भुजेल , सुनिल भुजेल , मनिशा भुजेल र कृष्ण बहादुर शिबभक्ती रहेका छन । साथै उक्त समिती सदैब जिल्ला भरिका भुजेल बन्धुहरुको हक हित का लागि लडि रहने कुरा निर्वाचित सचीव यम बहादुर भुजेलले जानकारी दिनु भयो।

Copy link
Powered by Social Snap