मिस्टर एण्ड मिस प्रोभियन्स १ को दोश्रो सिजन सुरु


लेखक : admin      १४ चैत्र २०७७, शनिबार १७:३० मा प्रकाशित     
मिस्टर एण्ड मिस प्रोभियन्स १ को दोश्रो सिजन सुरु

भएको छ । प्रदेस नं एकको व्युटि प्याजेन्टको रुपमा रहेको यो ट्यालेण्ट शो स्काइ क्रिएटर इन्टरटेनमेन्ट प्रालि विर्तामोडले आयोजना गरेको हो । यस कार्यक्रमले प्रतिस्पर्धीहरुको व्यक्तित्व बिकास तथा अन्तर्रनिहित क्षमताको बिकास विभिन्न नलेजहरुको निर्माण गर्ने जनाइएको छ । यस कार्यक्रमले सहभागिहरुलाई आफ्नो आत्मबिश्वास निर्माण गर्ने, भविश्यमा आफ्नो करियर निर्माणमा यसले सहयोग पुर्याउने आयोजक संसथा स्काइ क्रिएटर इन्टरटेनमेन्टले जनाएको छ । यस शो मा हाल १३ जना प्रतिस्पिर्धीहरु रहेको यस स्काइ क्रिएटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष सन्दिप राजवशींले जानकारी दिए । यस कार्यक्रमको ग्राण्ड फिनाले आगामी बैशाख ४ गते हुने छ साथै यस कार्यक्रमको कस्टम पार्टनर आउट फिट फेसन टेक्स्टाइल एण्ड टेलरिड, मेक अप पार्टनर ग्लोवल लुक्ज, सपोर्टर एभियोट्रेस नेपाल इम्पेरियल बिजनेस कलेज रहेका छन् । वितौमोड सिटि सेन्टरमा रहेको साइ पार्टी प्यालेसमा ग्राण्ड फिनाले हुने छ ।

Copy link
Powered by Social Snap