नेपाल राष्ट्रिय व्यवसायी महासंघमा चुनावी सरगर्मी बढ्दै राष्ट्रिय महाधिवेसन चैत्र ७ गते हुने


लेखक : admin      २६ फाल्गुन २०७७, बुधबार १२:२६ मा प्रकाशित     
नेपाल राष्ट्रिय व्यवसायी महासंघमा चुनावी सरगर्मी बढ्दै राष्ट्रिय महाधिवेसन चैत्र ७ गते हुने

 

सम्पुर्ण उद्योगी व्यवसायी एक हौ भन्ने मुल नारा सहित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिबेशन तथा तेश्रो साधारण सभा यही चैेत्र ७ गते सम्माननिय प्रधानमन्त्रीे केपि शर्मा वलि ज्युको प्रमुख अतिथ्यतामा प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको छ ।
उक्त महाधिबेसनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने बताइएको छ । नयाँ नेतृत्व परिवर्तनका लागि निर्वाचन हुने संकेत देखिएको एक व्यवसायीले बताएका छन् । उनका अनुसार आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष नरेस कटुवाल र कुमार कार्कीको विचमा कमजोर प्रतिष्पर्धा देखिएको छ । तर यता कतिपय व्यवसायीहरुले नयाँ नेतृत्वका लागि युवाहरुको सक्रियता बढ्दै गएको बताएका छन । युवाहरु सक्रिय हुदा कुमार कार्की कमजोर हुने बुझिएको छ ।
विभिन्न परिस्थितीमा साना तथा मझौला उद्योगी,वयवसायीहरुको साझा समस्या र ति समस्याको समाधानका लागि युवा व्यवसायीहरुले आफ्नो मुद्धामा समेट्न लागेकोले अवको महासंघको नेतृत्व युवाहरुको काधमा जान सक्ने संकेत देखिएको बताइएको छ । उक्त महाधिवेसनमा युवाहरुले नेतृत्व लिन सक्ने प्रवल सम्भावना रहेको देखिएको जानकारहरु बताउछन यसको एउटै हो कारण महासंघ अन्तर्गतका छाता संगठनहरुमा युवा नेतृत्वको वर्चस्व रहेकोले पनि नेतृत्व युवाहरुको हातमा जाने देखिएको हो , साथै महिलाहरुलाई नेतृत्वमा समान अवसर सहित चुनावी मैदानमा होमीने गरि युवाहरले रणनिती अख्तियार गरेको बताइएको छ ।

युवा व्यवसायीहरुले आर्थिक उपार्जन तथा स्वरोजगार निर्माण गरि नेपाल तथा नेपाल बाहिर रहेका नेपालीहरुलाइ समेत नेपाल आएर व्यवसाय गर्न सक्ने वातावरणको नर्माण गर्न युवाहरुले आगामी नेतृत्व सम्हाल्न अति आवश्यक भएको समेत बताइएको छ ।

Copy link
Powered by Social Snap